नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रामेछाप


  रामेछाप जिल्लाकाे परिचय

रामेछाप  जिल्ला प्रदेश नं.  ३ मा  अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको प्रदेश राजधानी हेटौडा हो भने रामेछाप प्रदेश नं. ३ को १३ वटा जिल्ला मध्ये  एक हो। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ। मध्य महाभारत पर्वत श्रृङ्खलादेखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएकोछ। 

सिमाना-

पुर्व-                  अाेखलढुङ्रगा र साेलुखुम्बु

उत्तर-                दाेलखा

पश्चिम-            काभ्रेपलाञ्चाेक र सिन्धुपाल्चाेक

दक्षिण-             सिन्धुली

 

 
प्रदेश नं.
जिल्ला रामेछाप
सदरमुकाम: मन्थली
क्षेत्रफल: १,५४६ वर्ग कि.मि.
जनसंख्या: २०२६४६ (२०६८ को जनगना अनुसार)
गाउँपालिका संख्या:
नगरपालिका(हरू): २ (मन्थली र रामेछाप)
प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या:
प्रदेश सभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: नुम्बुर चुली (पथिभरा)- ६९५८ मि उचाई
सबै भन्दा होचो स्थान : लिखु र सुनकोशीको सँगम (कोलोन्जोर घाट) -३७९ मि उचाई
प्रमुख जातिहरू: तामाङ,नेवार,क्षेत्री,बाहुन आदि
प्रमुख भाषाहरू: तामाङ,नेवारी,नेपाली आदि
मानव विकास सूचाङ्क स्थिति: (७७ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०४८
प्रमुख जिल्ला अधिकारी:

कृष्ण प्रसाद शर्मा

 

  • जिल्ला विपद् व्यवस्थापन समिति बैठक २०७५-२-२०

     निर्णयहरु जिल्ला विपद् व्यवस्थापन समितिको सदस्य सचिवको रुपमा जिल्ला समन्वय अधिकारीलाई तोक्ने  निर्णय गरियो । रामेछाप जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७४ लाई समय सापेक्ष पुनरावलोकन तथा अद्यावधिक गर्नको लागि गठन भएको कार्यदलले तयार गरेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजाना (DPRP) २०७५ को मस्यौदा उपर छलफल एवं प्राप्त राय सुझावलाई समेत समावेश गरी स्वीकृत गरियो । साथै सो कार्यमा संलग्न जिल्ला विपद् व्यवस्थापन समिति, कार्यदल, विषयगत क्षेत्रहरु, सबल कार्यक्रम (DLSA), नेपाल रेडक्रम सोसाईटी लगायत सबै सरोकारवालाहरुलाइ धन्यवाद दिने निर्णय गरियो । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७५ बमोजिम क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक पर्ने रकम उपलब्ध गराउन…

  • घुम्ति शिविर २०७५-२-३१

    मिति २०७५ जेष्ठ २० र २१ गते उमाकुण्ड गाउँपालिका तथा ३० र ३१ गते सुनापती गाउँपालिकामा घुम्ती शिविर सपन्न भयो । उक्त दुवै शिविरबाट जम्मा ७२४ वटा नागरिकता वितरण गरियो  । 

  • २०७५ असार ०१ गते सम्म पेश भएकाे राहदनी अाएकाे २०७५-३-३

    २०७५ असार ०१ गते सम्म पेश भएकाे राहदनी अाएकाे

  • कार्यालय प्रमुखहरु बैठक २०७३-१०-५

    मिति २०७३ माघ ५ गते बुधबार दिनको दिन दिउँसो ३ बजे प्रमुख जिल्ला अधिकारी श्री प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा बसेको रामेछाप जिल्लाका कार्यालयका प्रमुखहरुको वैठकमा विविध विषयहरुमा छलफल भई देहाय बमोजिमका निर्णयहरु गरियो । निर्णयहरु   १. सवै कार्यालयहरुले जनताले सुशासनको प्रत्यक्ष अनुभूत गर्न सक्ने गरी सेवा प्रवाहलाई अझबढी सहज, सरल, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउने । हरेक कार्यालय प्रमुखले सेवाग्राहीका गुनासा र समस्याहरुलाई महत्व दिइ उचित संवोधनको व्यवस्था मिलाउने । झिनामसिना कारणले सेवाग्राहीले सेवा प्राप्त गर्न नसक्ने वा ढिला सेवा प्राप्त हुने अवस्थाको अन्त्य गर्ने । कर्मचारीले निर्धारित आचारण व्यवहार प्रदर्शन गरी अनुकरणीय बन्ने । साथै जिल्ला स्थित सबै सरकारी कार्यालयहरु…

  • २०७५ असार ०१ गते सम्मको राहदनी प्रिन्ट भई सकेको २०७५-३-३१

    २०७५ असार ०१ गते सम्मको राहदनी प्रिन्ट भएर आइसकेको छ । थप जानकारीकाे लागि कार्यालयमा सम्पर्क राख्नुहाेला धन्यवाद ।-०४८-५४०३७०, ०४८-५४०१३३

  • जानकारी २०७५-४-१८

    बार्षिक कार्य प्रगति विवरण

  • जानकारी २०७५-४-१८

    बार्षिक कार्य प्रतगि विवरण 

  • विपद् सम्बन्धि सूचना २०७५-३-२९

    सूचना 2075 असार 29   यस वर्षको वर्षात तथा मनसुनको शुरुवातसँगै रामेछाप जिल्लाको विभिन्न स्थानहरु जस्तै: खोला/नदी किनार, भीरमुनीका बस्ती एवं बाढी तथा पहिरोका कारणले जोखिममा रहेको,  भुगर्भविद्हरुको अध्ययन समेतले जोखिमयुक्त भनि पहिचान गरेका बस्तीहरुका स्थानीय नागरिकहरुलाई सुरक्षित स्थानमा बसोबास गर्न तथा बेलैमा पूर्वतयारी सहित सचेत रहन सबैमा अनुरोध गरिन्छ । साथै जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको लागि सम्भावित बाढी तथा पहिरो जान सक्ने स्थान र सोको अवस्थाको सूचना यथासक्य चाडो जिल्ला प्रशासन कार्यालय (048-540133, टोल फ्रि नं. 16604854888), जिल्ला प्रहरी कार्यालय (049-540099), नेपाली सेना (048-400009), सशस्त्र प्रहरी बल (048-540478), स्थानीय तह, राजनीतिक दल, नजिकैको प्रहरी चौकी, सञ्चार माध्यममा सूचित…

  • जानकारी २०७५-२-११

    लिलाम विक्रि सम्बन्धी

  • द्वन्द्व पीडित राहत २०७५-३-११

    विगत सशस्त्र द्वन्दका कारण अान्तरिक रुपमा विस्थापित भई शान्त तथा पुन:निर्माण मन्त्रालय अन्तर्गत द्वन्द पीडित परिवारको लगत संकलन कार्यदलमा नाम समावेश भएकाहरुलाई आर्थिक सहायताका लागि निम्न बमोजमका कागजातहरु सहित यस कार्यालयमा याथासिघ्र सम्पर्क राख्‍नु हुन अनुरोध छ ।  संलग्न कागजानहरु १‍. निवेदन २‍. सम्बन्धित वडाको सिफारिस पत्र ३. नेपाली नागरिकताको छायाँप्रति ४. विस्थापित खुल्ने कागजात ५. नाता प्रमाणित कागजातहरु ६. सम्बन्धित पीडितको बैंक खाता खुल्ने कागजात थप जानकारीको लागि ०४८-५४०५०१, टोल फ्रि नं. १६६०४८५४८८८ 

  • सूची दर्ता गराउने सम्बन्धि सूचना २०७३-५-१२

    सूची दर्ता गराउने सम्बन्धि सूचना

  • बाढी पहिरो सम्बन्धि २०७३-४-११

    जानकारी तथा सूचना विगत केही दिन देखि परेको अविरल बर्षाका कारण आएको पहिरोबाट यस जिल्लाको भुजी गाविस वडा नं. २ मा ६ घर पुरिएका करिव १५ वटा जति चौपायको क्षति हुनका साथै जनजीवन समेत प्रभावित हुन पुगेको छ । घटनाको जानकारी हुन साथ सुरक्षा निकायका नजिकका इकाई, गाविस कर्मचारी, शिक्षक परिचालित भए र सदरमुकामबाट समेत जिल्ला स्थित सुरक्षा निकायका उद्धार टोली तत्कालै परिचालित भएका छन् । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक प्रबन्ध मिलाईएको छ । जिल्लामा केही अवरुद्ध भित्री सडक खुलाई सडक सुचारु गर्ने कार्य जारी रहेको छ । अविरल बर्षा शुरु भएको हुँदा भुकम्प र सो…

  • राहदानी सम्बन्धी सूचना २०७३-४-१३

    राहदानी विभागबाट यस कार्यालयमा बनेर आएको वा बिग्रिएर आएको राहदानीका सम्बन्धमा निवेदकको मोवाईलमा एस.एम.एस. मार्फत जानकारी गराइने व्यवस्था भएको छ । – जिल्ला प्रशासन कार्यालय, रामेछाप सम्पर्क नम्बर- ०४८-५४०१३३, ०४८-५४०३७०  

  • जानकारी २०७५-२-२२

    एकिकृत घुम्ति शिविर सम्बन्धमा २०७५ जेष्ठ २० र २१   रामेछाप जिल्लाको दुर्गममा बसोवास गर्ने नागरिकहरुलाई लक्षित गरी जनताको घर दैलोमै विविध सरकारी सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले यही मिति २०७५ साल जेष्ठ २० र २१ गते उमाकुण्ड गाउँपालिकाको केन्द्र च्यादलुमा एकिकृत घुम्ति शिविर सञ्चालन गरी  नेपाली नागरिकताको प्रमाण पत्र, स्वास्थ्य परीक्षण, कृषि सेवा, पशु सेवा, जनचेतना र परामर्श लगायतका विविध सेवा सुविधाहरु उपलब्ध गराईयो ।    कृष्ण प्रसाद शर्मा प्रमुख जिल्ला अधिकारी, रामेछाप

  • ०७२/०१/१२ र २९ गतेकाे भुकम्पबाट घाइते हुनेहरू २०७२-२-८

    ०७२/०१/१२ र २९ गतेकाे भुकम्पबाट घाइते हुनेहरू



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय