Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रामेछाप

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रामेछाप

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नागरिकता सम्बन्धी

लाग्ने समय

प्रमाण/ कागजात पुगेमा सोही  दिन

अंगीकृत नागरिकताको हकमा सर्जमिन लगाएत आवश्यक प्रमाणहरु यकिन बुझेर गृह मन्त्रालयमा सिफारिस गर्ने।

शुल्क

रु १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा प्रकाश प्रधान - नागरिकता शाखा (कोठा नं - 3)
गुनासो सुन्ने अधिकारी

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

 

 

 

 

 

 

 

 

 

वंशजको आधारमा नेपाली नागरिकता

सम्बन्धित जिल्लाको निवेदक भएको हकमा:

  • वडा अध्यक्षको सिफारिस सहितको अनुसूची- १ को फारम (CCIMS प्रणाली मार्फत सिफारिस भएमो हुनुपर्ने)
  • बाबु र आमाको नागरिकता, विवाहित महिला भए पतिको नागरिकताको सक्कल र प्रतिलिपि, सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित प्रमाणपत्र
  • बाबु, आमा वा नागरिकता भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाइ वा तीनपुस्ताभित्रको नजिकको अभिभावकसँगको नाता प्रमाणित सहित सनाखत
  • उक्त प्रमाण पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु
  • फोटो ३ प्रति (कर्मचारीपरिवार भएमा ४ प्रति)
  • जन्मदर्ता, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा नाबालिक परिचयपत्र लिएको भएमा सो समेत 
  • विवाह भएको भएमा विवाहदर्ता सक्कल र प्रतिलिपि

अन्य जिल्लाबाट बसाईसराई भई आएको भएमा

  • स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई प्रमाणपत्र सक्कल र प्रतिलिपि
  • सक्कल जग्गाधनी प्रमाणपूर्जा वा घर निर्माण सम्पन्न प्रमाणपत्र
  • घरको नक्सापास प्रमाणपत्र वा सक्कल एकीकृत सम्पतिकर तिरेको प्रमाण
  • आवश्यकता अनुसार सर्जमिन । 

वैवाहिक अंगीकृत नागरिकता (महिलाको लागि)

  • वडा अध्यक्षको सिफारिस सहितको अनूसुची- ७ को फारम
  • पतिको नागरिकता सक्कल तथा प्रतिलिपि
  • विवाहदर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि
  • विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण
  • पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत
  • अटो साइजको फोटो ३ प्रति (कर्मचारीपरिवारको भएमा ४ प्रति)
  • ७. भिसा लाग्ने देशको महिला भए नेपाल आएको देखिने राहदानी सहित मान्य अवधिको भिसा

अंगीकृत नागरिकता

  • वडा अध्यक्षको सिफारिस सहितको अनुसूची-७ फारम
  • स्थानीय तहले नेपालमा स्थायी रुपमा बसोबास गरेको भन्ने व्यहोराको सिफारिस
  • बाबु र आमाको राष्ट्रियता खुल्ने प्रमाण
  • बाबुको नागरिकताको आधारमा सम्बन्धित देशबाट नागरिक सुविधा नलिएको व्यहोरा खुल्ने सम्बन्धित देशको नागरिकता जारी गर्ने निकायबाट जारी भएको प्रमाण

कर्मचारी परिवारको नाताले नागरिकता प्रमाण पत्र वितरण

  • जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र,
  • अनुसूची १ वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय तहबाट सिफारिस फाराम,
  • अटो साइजको फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि),
  • पिता/पति वा नजिकको नातेदारको नेपाली ना.प्र.सहित सनाखत,
  • जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र, जन्मदर्तापत्र वा नाबालक 
  • परिचयपत्र,
  • विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको  प्रमाणपत्र।

गैरआवासीय नेपाली नागरिकताको प्रमाण पत्र

  • अनुसूची ८- ग बमोजिमको ढाँचामा स्थानीय तहबाट भएको सिफारिस,
  • निवेदक वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण,
  • सम्बन्धित ब्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
  • विदेशी मुलुकको नागरिकता भएको प्रमाण, (दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशको)
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण,
  • हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपी, (दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशको)
  • नेपाली राहदानीको छायाँप्रति,
  • निवेदक वा निजको बाबु वा आमा, बाजे वा बज्यैको नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति,
  • अनुसूची–८ घ. बमोजिमको प्रतिबद्धतापत्र,
  • निवेदकसँग निजको बाबु/आमा/बाजे/बज्यैको नाता प्रमाणित प्रमाणपत्र (आवश्यकता अनुसार)
2

नागरिकता प्रतिलिपि सम्बन्धी

लाग्ने समय

प्रमाण पुगेमा सोही दिन

परित्यागको हकमा निर्णय प्रक्रिया पुगेपछि 

शुल्क

प्रतिलिपिको लागि रु.१३ को र नयाँ प्रक्रियाका लागि थप

रु.१० को टिकट

जिम्मेवार कर्मचारी/शाखा प्रकाश प्रधान - नागरिकता शाखा (कोठा नं - 3)
गुनासो सुन्ने अधिकारी

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

 

 

 

 

 

 

 

 

वंशजको नागरिकता प्रतिलिपि

रामेछाप जिल्लाको हकमा

  • सम्बन्धित स्थानीय तहबाट गरेको फोटोसहितको सिफारिस र फोटो २ प्रति
  • नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुल्ने प्रमाण र सोको प्रतिलिपि।

अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि लिनु परेमा

  • बसाईसराई दर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि
  • सम्बन्धित वडाको फोटो प्रमाणितसहितको सिफारिस

जारी भएको भएको जिल्लामा अभिलेख बुझी/CCIMS मा अभिलेख हेरी जारी हुने।

कर्मचारी परिवारको हकमा

  • सम्बन्धित कार्यालयको सिफारिस पत्र
  • कर्मचारी परियपत्रको प्रतिलिपि

जारी भएको भएको जिल्लामा अभिलेख बुझी/CCIMS मा अभिलेख रुजु जारी हुने।

पतिको नामथर समावेश गरी प्रतिलिपि लिन

  • पतिको सक्कल नागरिकताको प्रमाणपत्र र स्थानीय तहबाट फोटो सहितको पति कायम गर्ने सिफारिस/ सनाखत गर्ने व्यक्ति खुलाएको सिफारिस ।
  • विवाहदर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि
  • अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण
  • रितपूर्वकको निवेदन

पति/पत्नीको नामथर हटाएर प्रतिलिपि लिन

  • पतिको पतिको नाम हटार्इ नागरिकताको प्रतिलिपि उपलब्ध गरार्इदिनु हुन भनी स्थानीय तहबाट फोटो सहितको सिफारिस/ सनाखत गर्ने व्यक्ति खुलाएको सिफारिस ।
  • सम्बन्ध विच्छेद भई पति/पत्नीको नाम हटाएर प्रतिलिपि लिन आउनेको हकमा सम्बन्ध विच्छेदको अदालतको फैसला/मिलापत्र र स्थानीय तहमा दर्ता भएको सम्बन्ध विच्छेदको दर्ता प्रमाणपत्र।
  • पतिको नाम हटाउँदा माइतितर्फ एकाघरको सनाखत गर्ने व्यक्ति खुलेको फोटोसहितको सिफारिस
  •  रितपूर्वकको निवेदन

 

वैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकता प्रतिलिपि

  • सम्बन्धित स्थानीय तहबाट भएको फोटोसहितको सिफारिस र २ प्रति फोटो
  • नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुलेको प्रमाण
  • बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाणपत्र
  • माथि उल्लिखित बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडेको प्रमाण प्राप्त भएपछि नागरिकता प्रमाणपत्र प्रतिलिपि दिइनेछ।

 

 

नागरिकता परित्याग

  • नागरिकताको सक्कल प्रमाणपत्र
  • सक्कल राहदानी
  • अनुसूची ९ फारम (फोटोसहित)
  •  विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता प्रमाणपत्र तथा राहदानी वा प्राप्त हुने अग्रिम जानकारी पत्र (No Objection Letter)
  • व्यक्ति स्वयं उपस्थित भए नागरिकता परित्यागको सनाखत, व्यक्ति विदेशमा भएमा सम्बन्धित कुटनीतिक नियोगबाट गरेको सिफारिस।
  • रितपूर्वकको निवेदन

अभिलेख फेला नपरेको वा पुरानो सक्कल नागरिकताको प्रमाणपत्र समेत पेश गर्न नसक्नेहरुको हकमा

  • सम्बन्धित स्थानीय तहको अध्यक्षले फोटो सहित प्रमाणित गरेको सिफारिस
  • नागरिकताको विवरण Center Citizenship Information Management System (CCIMS)सँग भिडान गर्ने ।
  • नयाँ प्रक्रियाबाट नागरिकता प्रमाणपत्र जारी हुने प्रक्रियामा जाने।
3

राहदानी सम्बन्धी

लाग्ने समय

प्रमाण पुगेमा सोही  दिन

शुल्क
  • राहदानी दस्तुर (३४ पृष्ठको लागि नयाँ, नविकरण) रु ५,०००।– दस्तुर लाग्ने र १० वर्ष मुनिका नाबालिगको हकमा रु २५००।– दस्तुर लाग्ने।
  • सेवाग्राहीले आवश्यकता अनुसार ६६ पृष्ठको राहदानी बनाउन चाहेमा रु. १००००/- दस्तुर लाग्ने।

नोट:- (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ।)

जिम्मेवार कर्मचारी/शाखा अप्सरा बुढाथोकी - राहदानी शाखा (कोठा नं - ५)
गुनासो सुन्ने अधिकारी

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

 

 

 

 

 

 

 

साधारण विद्युतीय राहदानी

(Normal ePassport)

निवेदकको नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय, रामेछापबाट जारी भएको हकमा

  1. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम
  2. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकताप्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)
  3. नाबालिकको हकमा जिल्ला प्रशासन कार्यालय रामेछापबाट जारी गरिएको नाबालिग परिचयपत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको सक्कल नागरिकता, आमा र बाबुको विवाहदर्ता, बच्चाको जन्मदर्ता। संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकता सक्कल (नागरिकताको अभिलेख भिडेको हुनुपर्ने)
  4. पहिले राहदानी लिएको भए सोको सक्कल
  5. नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण।
  6. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनु पर्नेछ।

अन्यत्र जिल्लाबाट नागरिकता प्रमाणपत्र बसाईसरी रामेछाप जिल्लामा आउनेको हकमा

  1. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम
  2. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकताप्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने)
  3. नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण।
  4. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई दर्ता प्रमाणपत्र
  5. घर, जग्गा धनी प्रमाण वा घर निर्माण सम्पन्न वा एकीकृत कर तिरेको सक्कल
  6. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ
  7. अन्य जिल्लाबाट नाबालिक परिचयपत्रपत्र बनिसकेको हकमा
  8. सम्बन्धित जिल्लाबाट सोको अभिलेख बुझिनेछ।
  9. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनु पर्नेछ।

अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह गरी रामेछाप जिल्लामा आउनेको हकमा।

  1. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम
  2. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनु पर्ने)
  3. नागरिकता प्राप्त व्यक्तिको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण।
  4. विवाहदर्ता प्रमाणपत्र सक्कल
  5. पतिको नागरिकता प्रमाणपत्र प्रतिलिपि
  6. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ।
  7. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनु पर्नेछ।

रामेछाप जिल्लास्थित सरकारी निकायमा कार्यरत कर्मचारीको र कर्मचारी परिवारको हकमा

  1. रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम
  2. नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनु पर्ने)
  3. सम्बन्धित कार्यालयको सिफारिस पत्र
  4. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ
  5. नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण। (नाबालिकको हकमा राष्ट्रिय परिचयपत्र नहुने)
  6. अन्य जिल्लाबाट नाबालिक परिचयपत्र पत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट सोको अभिलेख बुझिनेछ।
  7. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनु पर्नेछ।

हराएको (Lost) राहदानी पुन प्राप्तिसम्बन्धी

  1. रीतपूर्वक भरिएको अनलाइन दरखास्त फाराम,
  2. साबिकको राहदानीको छाँयाप्रति 
  3. नागरिकता प्रमाण पत्रको सक्कल/छाँपाप्रति
  4. राष्ट्रिय परिचय पत्रको छाँयाप्रति

 

क्षति (Damage) भएको राहदानी पुन प्राप्तिसम्बन्धी

  1. रीतपूर्वक भरिएको अनलाइन दरखास्त फाराम,
  2. साबिकको क्षति (Damage) भएको राहदानीको सक्कल/छाँयाप्रति 
  3. नागरिकता प्रमाण पत्रको सक्कल/छाँपाप्रति
  4. राष्ट्रिय परिचय पत्रको छाँयाप्रति
4

नावालक परिचयपत्र सम्बन्धी

लाग्ने समय

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन 

शुल्क

रु १० को टिकट

प्रतिलिपीको हकमा प्रति पाना रु ३।- को टिकट

जिम्मेवार कर्मचारी/शाखा प्रकाश प्रधान - नागरिकता शाखा (कोठा नं - 3)
गुनासो सुन्ने अधिकारी

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

 

 

 

 

 

 

 

नाबालिक परिचयपत्र तथा प्रतिलिपि

) रामेछाप जिल्लाको हकमा

  • तोकिएको ढाँचामा स्थानीय तहको फोटोसहितको सनाखत गर्ने व्यक्ति खुलेको सिफारिस
  • बाबु र आमाको नागरिकताको सक्कल र फोटोकपी
  • आमा र बाबुको विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि
  • नाबालकको जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र सक्कल र फोटोकपी
  • पासपोर्ट साइजको हालसालै खिचेको फोटो ५ प्रति (सिफारिसमाढाँचा भए अनुसारको प्रमाणित फोटो)

) अन्य जिल्लाबाट बसाईसराई गरी आएको भए थप अनिवार्य पेश गर्नुपर्ने कागजातहरु

  • (क) मा उल्लेखित सम्पूर्ण कागजातहरु
  • बसाईसराई दर्ता प्रमाणपत्र सक्कल तथा फोटोकपी

) विदेशमाजन्म भएका नाबालकहरुको हकमा आवश्यक पर्ने कागजातहरु

  • (क)मा उल्लेखित सम्पूर्ण कागजातहरु
  • नेपाल बाहिर जन्मस्थान हुने हकमा अस्पतालको Birth Certificate
  • नेपाल आउदा प्रयोग भएको बच्चाको One Way Travel Documet वा राहदानी (सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप सहितको।)
  • बच्चा लिएर आउने बाबुआमाको राहदानी  (सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप सहितको।)

 

5

मुद्दा सम्बन्धी

लाग्ने समय

पक्राउ अनुमति, म्याद थप, स्वीकृति- तुरुन्त

सोही दिन

प्रचलित कानून बमोजिम

शुल्क

निवेदनको हकमा रु. १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा सम्झना भुजेल - मुद्दा शाखा (कोठा नं - ७)
गुनासो सुन्ने अधिकारी

जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमति

पक्राउ गर्ने प्रहरी वृत्तले बाटोको म्याद र सार्वजनिक विदा बाहेक २४ घण्टा  भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने।

म्याद थप

सम्बन्धित प्रहरी वृत्तले थुनुवा सहित प्रशासकीय अधिकृत  समक्ष पेश गर्ने ।

मुद्दा दर्ता/वयान/ थुनछेक आदेश/ म्याद जारी

  1. प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने
  2. अभियोगपत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा डेढ घण्टा पहिले उपस्थित गराइएको हुनुपर्ने
  3. फरार प्रतिवादीको ३ पुस्ते विवरण, स्पष्ट वतन र सम्पर्क नं. समेत अभियोग परेमा स्पष्ट खुलेको हुनु पर्ने।

म्याद तारेख तोक्ने/ प्रमाण मुकरर गर्ने/ पेशी तोक्ने

सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको वा अंग पुगेको हुनु पर्ने।

तारेखमा बोलाउने/ तारेख थाम्ने

  1. तारेख पर्चा/धरौटी जम्म गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने।
  2. पटक पटक वा एक पटकमा बढीमा १५ दिन तारेख थाम्न पाइने भएकोले सोको लागि रु १० को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने।

फैसला तयारी गर्ने

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने।

प्रमाणित प्रतिलिपि दिने

मिसिलमा संलग्न कागजात र निर्णय फैसलाको प्रमाणित प्रतिलिपि लिनका लागि सरोकारवालाले तोकेको ढाँचामा निवेदन र तोकिएको दरमा टिकट टाँस गर्नु पर्नेछ।

सवारी दुर्घटनाका मृतकका हकदार/ घाइतेलाई क्षतिपूर्ति, राहत, औषधि उपचार दिलाई भराई दिने

  1. दुर्घटना पुष्टी हुने मुचुल्का सहितका कागजातहरु (सम्बन्धित प्रहरीबाट घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मृत्युदर्ता प्रमाणपत्र, नजिकको हकदारको नागरिकता प्रमाणपत्र, नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिस) सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनु पर्ने।
  2. २. सवारी धनीका तर्फबाट सवारी धनी प्रमाणपत्र, बिमा आलेख, अख्तियारनामा, रकम बुझाउनेको परिचयपत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनु पर्ने।

दण्ड जरिवाना असुल गर्ने

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने।

 

बिगो भराउने दिलाउने

  1. मुद्दा अन्तिम किनारा भएको वा पुनरावेदन अवधि नाघेको हुनुपर्ने
  2. सम्बन्धित जाहेरवाला, घाईते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित ( ३तीन वर्ष भित्र)निवेदन दिनु पर्ने
  3. ३प्रतिवादी फरार रहेको/धरौटी जमानत नराखेको वा राखिएको धरौटी जमानत न्यून रही ठरहेको विगो भराउन नसकिएको अवस्थामा बिगो भराउन सम्बन्धित प्रतिवादी नेपाल सरहद भित्रको जायजेथा देखाई दरखास्त दिनु पर्ने।

धरौटी फिर्ता

  1. यस कार्यालयबाट भएको फैसला चित्त बुझी पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ता निवेदन (रु.१० को टिकट सहित)दिनुपर्ने
  2. नेपाली नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य प्रमाण २ प्रति
  3. रा.बा. बैङ्क को खाता नम्बर सहितको विवरण खुलेको निस्सा २ प्रति

सदरस्याहा

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने।

6

आर्थिक प्रशासन सम्बन्धी

लाग्ने समय

नियमानुसार

शुल्क

निवेदनमा रु. १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा Nabin K.C. - लेखा शाखा (कोठा नं - ८)
गुनासो सुन्ने अधिकारी

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

क्षतिपूर्ति रकम वितरण

(परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलार्इ)

  • हकदारको निवेदन साथै मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति र नाता प्रमाणितको कागज
  • मृतकको राहदानीको छांयाप्रति र मृत्युदर्ता प्रमाणपत्रको छांयाप्रति,
  • ३. सम्वन्धित गा.पा./न.पा.को सिफारिस।

विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलार्इ राहत

  • विवरण खुलेको सम्वन्धित पिडीत व्यक्तिको निवेदन,
  • संम्वन्धीत गा.पा./ न.पा. को सिफारिस,
  • प्रहरी कार्यालयबाट भएको सक्कल मुचुल्कापत्र,
  • पहिचान खुल्ने प्रमाण प्रत्रको छाँयाप्रति,
  •  मृतकको हकमा मृत्य दर्ता प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित।

राजस्व लिने

(हात हतियार नविकरण,नामसारी,संस्था दर्ता, नविकारण, लाइसेन्स,जरिवाना,दण्ड सजाय आदि)

  •  राजस्व एकिन गर्न प्रमाणपत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने।

सवारी क्षतिपूर्ति/तेश्रो पक्ष वीमा

  • हकदारको निवेदन, मृतक एवं हकदारको नागरिकताको प्रमाणपत्रको छाँयाप्रति,
  • हकदार र मृतकसँगको नाता प्रमाणितको कागज,
  •  सम्बन्धित गा.पा./न.पा.को किटानी सिफारिस।

जग्गा अधिग्रहणमा परेकोमा दिइने मुआव्जा

  • निवेदन, नागरिकता र जग्गाधनी प्रमाणपत्रको छाँयाप्रती,
  • २. मुआव्जा दिने भनी गरेको निर्णय।

धरौटी फिर्ता सम्बन्धी

  • निवेदन र नागरिकताको छाँयाप्रति,
  • धरौटी जम्मा गर्दाको सक्कल नगदी रसिद,
  • ३.कार्यालयको मुद्दा शाखाले गरेको सिफारिस।

पिडित राहतकोषबाट भुक्तानी

  • अदालतको आदेश,
  • पिडित/संरक्षकको निवेदन र नागरिकताको प्रतिलिपि,
  • ३. आवश्यकता अनुसार थप बुझ्न सकिने।
7

संस्था दर्ता, पत्रपत्रिका तथा छापाखाना

लाग्ने समय

प्रक्रिया पूरा भएमा सोही दिन

शुल्क

नयाँ संस्था दर्ता शुल्क रु. १,०००।-

संस्था नविकरण शुल्क रु. ५००।-

दैनिक पत्रिका दर्ता शुल्क रु. १,०००।-

अर्ध साप्ताहिक पत्रिका दर्ता शुल्क रु. ७००।-

साप्ताहिक पत्रिका दर्ता शुल्क रु. ५००।-

पाक्षिक पत्रिका दर्ता शुल्क रु. ३००।-

मासिक र अन्य पत्रिका दर्ता शुल्क रु. २००।-

छापाखाना दर्ता शुल्क रु. १,०००।-

जिम्मेवार कर्मचारी/शाखा लक्ष्मण भुजेल - संघ संस्था शाखा (कोठा नं - ९)
गुनासो सुन्ने अधिकारी

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

 

 

 

संस्था दर्ता

  1. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको संयुक्त निवेदन
  2. स्थानीय तह (गाउँपालिका/नगरपालिका) को सिफारिस पत्र।
  3. वडा अध्यक्षको रोहवरमा विद्यानमा सहिछाप गरेको मुचुल्का।
  4. तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानामा तलमाथि दस्तखत गरेको विधान ३ प्रति (नेपालीकागजमा)
  5. संस्था स्थापनाका लागि निम्न कुराहरु खोलिएको भेलाको निर्णय,
  • सर्वसम्मतले तदर्थ समितिका पदाधिकारी र सदस्यको चयन गरिएको
  • सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनौट गरिएको
  • विधान बनाउने विषय (विधानमस्यौदा उपसमितिको गठन)
  • जिल्लाप्रशासन कार्यालय रामेछापमा संस्था दर्ता गर्ने निर्णय
  • तदर्थ समितिले विधान पारित गरी स्वीकृतिका लागि स्थानीय अधिकारी समक्ष पेश गर्ने भनी गरेको निर्णयका साथै संस्था दर्ताका लागि पदाधिकारीहरुलाई अख्तियारनामा दिएको निर्णय।
  1. तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपि १/१ प्रति
  2. संस्थाका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं. र फोटो सहितको नामावली
  3. संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन
  4. तदर्थ समितिका पदाधिकारी र सदस्यहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनुपर्ने
  5. संस्थाको नाम र उदेश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया लिनुपर्ने भएमा सोको सिफारिस
  6. व्यापार व्यावसाय सञ्चालन गरेका व्यवसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुले सञ्चालन गरेको व्यवसाय इजाजत/ अनुमति लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र करचुक्ता प्रमाणपत्र प्रतिलिपि समेत पेश गर्नु पर्नेछ।

 

 

 

 

 

 

 

संस्था नवीकरण

  1. नविकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन
  2. विधानसम्मत साधारणसभाले चालु आ.व.को लागि लेखा परीक्षक नियुक्ति, सम्बन्धित आ.व.को लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष/सचिवले प्रमाणित गरेको प्रतिलिपि
  3. सम्बन्धित आ.व.को लेखा परीक्षण प्रतिवेदन
  4. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि
  5. सम्बन्धित आ.व.मा नवीकरणको लागि सम्बन्धित स्थानीय तह (गाउँपालिका/नगरपालिका) को सिफारिस
  6. संस्थाको स्थायी लेखा नम्बर (PAN) दर्ताप्रमाणपत्र
  7. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रतिलिपि
  8. संस्थाको प्रमाणपत्र फोटोकपी
  9. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली
  10. कुल साधारण सदस्य संख्या खुलाएको नामावली सहितको प्रमाणित विवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थितिको संख्या विवरण
  11. सम्बन्धित आ.व.को वार्षिक कार्यप्रगति विवरण
  12. वालगृह सञ्चालन सम्बन्धी संस्था भएमा सशुल्क वा नि:शुल्कसञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तह (नगरपालिका/महानगरपालिका)को सिफारिस
  13. लेखापरीक्षकको प्रमाणपत्र, पान (PAN) दर्ताप्रमाणपत्र, लेखापरीक्षण प्रमाणपत्र (नवीकरणसमेत देखिने गरी), कर चुक्ताको प्रमाणपत्र समेत
  14. वैदेशिक सहयोग (नगदी/जिन्सी)बाट आयोजना तथा कार्यक्रम सञ्चालन गरेको भए समाज कल्याण परिषदको कार्यक्रम स्वीकृत पत्र, समाज कल्याण परिषदको अनुगमन प्रतिवेदन र कार्यक्रम सञ्चालन भएको स्थानीय तह (गा.पा./न.पा.)बाट कार्यक्रम सम्पन्न/भइरहेको सिफारिस पत्र ।

संस्थाको विधान संसोधन

  1. रीत पूर्वकको निवेदन
  2. तीन महले विधान- ३ प्रति
  3. नवीकरण भएको संस्थाको प्रमाणपत्र र सोको प्रतिलिपि
  4. संसोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (२/३)साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति
  5. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपि

नोट- तीन महलेको सुरु पानाको माथि दस्तखत नगरि तलबाट दस्तखत गरी बाँकी पानाको माथि कार्यसमितिका सदस्यले दस्तखत गर्ने।

जिल्लामा संस्थाको शाखा खोल्ने

  1. रीत पूर्वकको निवेदन
  2. संस्थाको कार्यसमितिको निर्णय
  3. विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि (नवीकरणदेखिने)
  4. सम्बन्धित नगरपालिकाको सिफारिस
  5. घरभाडा सम्झौता
  6. स्थानीय तहमा सूचिकृत भएको प्रमाण पत्र
  7. कार्यालयको विस्तृत विवरण
  8. समाज कल्याण परिषदमा आवद्धता भएको प्रमाण पत्र
  9. आन्तरिक राजश्व कार्यालय दर्ता रहेको प्रमाण पत्र

 

 

 

 

 

 

पत्रपत्रिका दर्ता सम्बन्धी

. प्रकाशन बारे

१. जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन

२. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी

३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाणपत्र, नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेताका कागजातहरुको प्रमाणित प्रतिलिपि

४. संचालकहरु सबैको नागरिकताको फोटोकपीहरु

५. प्रहरी चालचलन

. सम्पादक बारे

१. सम्पादकको नागरिकताको प्रमाणपत्र फोटोकपी

२. सम्पादकहरुको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपीहरु वा एस.एल.सी. उतीर्ण गरी पत्रकारितामा १० (दश)वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रहरुको फोटोकपीहरु

३. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र

४. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा

५. प्रहरी चालचलन

छापाखान सञ्चालन

१. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मंजुरी दिएको सिफारिस

२. छापाखान दर्ता भएको प्रमाणपत्रको फोटोकपी

३. छापाखानाको प्रबन्ध पत्रको फोटोकपी

४. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको फोटोकपी

५. छापाखानाले कर तिरेको कर चुक्ता प्रमाणपत्र।

8

शान्ति सुरक्षा तथा प्रशासन शाखासँग सम्बन्धित कार्यहरु

लाग्ने समय

शान्ति सुरक्षा सम्बन्धी- तत्काल

उजुरी सम्बन्धी- शिघ्र

अन्यको हकमा- प्रक्रिया पूरा भएमा सोही दिन

शुल्क

निवेदनको हकमा रु. १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा लक्ष्मण भुजेल - प्रसाशन शाखा (कोठा नं - ६-९-१०-१२)
गुनासो सुन्ने अधिकारी

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

शान्ति सुरक्षाको निवेदन सम्बन्धी

  • सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन।

गुनासो वा ठाडो उजुरी सम्बन्धी

  • सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन।
  • गुनासो/उजुरीसँग सम्बन्धित कागजातहरु (उपलब्ध भए)

कार्यक्रमको अनुमति एवम् सुरक्षा व्यवस्था

  • यस कार्यालयमा दर्ता भएको संस्था भए दर्ता एवम् नवीकरण भएको विवरण देखिने कागजातको प्रतिलिपि सहित कार्यक्रमको विस्तृत विवरण उल्लेख भएको पत्र वा निवेदन
  • सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा अन्य निकायको सिफारिश लिनु पर्ने भएमा सो समेत संलग्न राख्ने।

RPA/DRONE उडानअनुमति

  • नेपाल नागरिक उड्डयन प्राधिकरणमा ड्रोन दर्ता भएको प्रमाणपत्र
  • मानवरहित हवाई उपकरण (REMOTELY PILOED AIRCRAFT (RPA) POPULARLY KNOWN AS ‘DRONE’) उडानसम्बन्धी कार्यविधि, २०७५ मा उल्लिखित सम्पूर्ण कागजातहरु सहितको निवेदन पत्र।

भारतीय पेन्सनरको पारिवारिक विवरण लगायतको सिफारिश/प्रमाणित

  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • निवेदकको नागरिकता प्रमाणपत्रको फोटोकपी, पेन्सन पट्टाको फोटोकपी लगायत प्रमाण खुल्ने अन्य कागजाहरु।
  • सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा अन्य निकायको सिफारिश लिनु पर्ने भएमा सो समेत संलग्न राख्ने।

नाम, थर, उमेर फरक परेकोमा सो सच्याउने सम्बन्धी

निर्णय पर्चा तयार साथै सिफारिस

  • व्यहोरा खुलेको निवेदन
  • नेपाली नागरिकताको प्रमाण पत्र
  • SEE/SLC/ कक्षा-१२ को शैक्षिक योग्यताका प्रमाणपत्रहरु
  • वडा कार्यालयको फोटोटाँस सहितको सिफारिस: (सिफारिसमा देहायको विवरण खुलेको हुनुपर्ने: सिम्बोल नं.,SLC/SEE पास गरेको विद्यालय, पास गरेको साल, नागरिकता नं. जारी मिति साथै  के विवरण कुन कुन प्रमाण पत्रहरुमा फरक परेको हो ? फरक पर्नुको कारण समेत खुलार्इ संशोधन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डलार्इ सिफारिस गरिदिनु हुन भनी सिफारिस गरेको हुनु पर्ने )
  • अध्ययन गरेको विद्यालयको सिफारिस पत्र सक्कल: (सिम्बोल नं.,SLC/SEE पास गरेको साल, नागरिकता नं. जारी मिति साथै  के विवरण कुन कुन प्रमाण पत्रहरुमा फरक परेको हो ? फरक पर्नुको कारण समेत खुलार्इ विद्यालयमा कायम रहेको रेकर्डसमेत राखी फोटोटाँस सहितको सिफारिस गरेको हुनुपर्ने)
  • अध्ययन गरेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकार्इको सिफारिस पत्र सक्कल: (SLC/SEE अध्ययन गरेको विद्यालय भएको जिल्लाको शिक्षा विकास समन्वय इकार्इको सिफारिस)
  • जन्मदर्ताको प्रमाण पत्रको फोटोकपी
  • कक्षा ८ को शैक्षिक योग्यताका प्रमाणपत्रको फोटोकपी
  • एस.इ.इको प्रवेश पत्र साथै रजिष्टेशनको प्रमाण कागजात
  • वडा कार्यालयले सिफारिस दिदा टाँस गरेको जस्तै फोटो २ प्रति

कुनै व्यहोरा प्रमाणित सन्दर्भमा

  • मनासिव व्यहोरा खुलेको निवेदन,
  • स्थानीय तहको सिफारिस तथा प्रहरी सर्जमिन मुचुल्का,
  • माग भएको व्यहोरा प्रमाणित गर्नुपर्ने विषय हेरी थप कागज आवश्यक पर्न सक्नेछ।

 

आदिवासी जनजाति/ दलित सिफारिस

  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गरेको परिचयपत्र,
  • सम्बन्धित स्थानीय तहको सिफारिस,
  • नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपिसहित रु.१० को टिकट टाँस गरिएको तोकिएको ढाँचाको निवेदन,
  • स्थायी ठेगाना रामेछाप जिल्ला नभएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र,
  • कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिसपत्र।

विस्फोटक पदार्थ आयातको सिफारिश

  • विस्फोटक पदार्थ आयात, ओसार-पसार, सञ्चय, प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिमको प्रक्रिया

रसायनिक पदार्थ आयातको सिफारिश

  • विस्फोटक पदार्थ आयात, ओसार-पसार, सञ्चय, प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिमको प्रक्रिया

अनियमितता एवम् भ्रष्टाचारजन्य कार्य उपर उजुरी

  • सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थानमा, कसले के-कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो सो खुलेको निवेदन
  • अनियमितता वा भ्रष्टचार गरेको आधार वा प्रमाण भए सो सम्बन्धी कागजात
9

हातहतियार सम्बन्धी

लाग्ने समय

आवश्यक प्रमाण पुरा भएको दिन

शुल्क

निवेदनको हकमा रु. १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा सम्झना भुजेल - मुद्दा शाखा (कोठा नं - ७)
गुनासो सुन्ने अधिकारी

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

हातहतियार ईजाजतको आवेदन

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन
  • निवेदकको निरोगितताको प्रमाणपत्र
  • प्रहरी प्रतिवेदन
  • स्थानीय तहको सिफारिश

हातहतियार नामसारी

  • निर्धारित ढाँचाको निवेदन
  • नागरिकताको प्रमाणपत्र
  • स्थानीय तहको सिफारिस
  • प्रहरी सर्जमिन मुचुल्का
  • हातहतियारको ईजाजतपत्र
  •  हकदावी छोडेको कागज

हातहतियार नवीकरण

  • निर्धारित ढाँचाको निवेदन
  • सक्कल इजाजपत्र
  • वारेश मार्फत नवीकरण गर्नुपर्ने भएमा सबन्धित व्यक्तिको मञ्जुरीनामा

हातहतियार ईजाजतपत्रको प्रतिलिपि

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र ईजाजत नम्बर सहितको निवेदन
  • हराएको ईजाजपत्रको हकमा प्रहरीको सिफारिश पत्र

विष्फोटक पदार्थ नियम २०२० बमोजिम इजाजत (फोरम्यान नाइके, विक्री गर्ने, परिवहन गर्ने, पैठारी गर्ने आदि) प्रदान/ नवीकरण

नयाँ इजाजत लिन:

  • निर्धारित ढाँचामा निवेदन
  • नेपाली नागरिकताको छायाँप्रति
  • काम गर्ने कम्पनीको सिफारिस
  • फोरम्यान नार्इकेको इजाजत लिनेको हकमा इजाजत लिएको व्यक्तिले सीपमा निपूर्ण रहेको भनी गरेको सिफारिस (निजको प्रमाण पत्र र नागरिकताको छाँयाकपीसमेत)
  • वडा कार्यालयको सिफारिस
  • निरोगिताको प्रमाणपत्रको छाँयाकपी
  • जिल्ला प्रहरी कार्यालयबाट चालचलन बुझ्ने र नेपाली सेनाबाट सीप परीक्षण गरे पश्चात जारी हुने।
  •  
  • निर्धारित ढाँचामा निवेदन
  • नेपाली नागरिकताको प्रमाण पत्रको छाँया प्रति
  • इजाजत पत्रको छाँयाप्रति/सक्कल
  • कार्यरत कम्पनीको सिफारिस
  • प्रत्येक बर्षको चैत्रमसान्त भित्र गरीसक्नु पर्नेछ

 

पछिल्लो अपडेट गरिएको : 2083-01-10 12:01:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रामेछाप .