2079-07-22
2079-07-22
तस्बिर :
मिति 2079 मंसिर 4 गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलार्इ स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सु-सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आचार संहितालार्इ कडार्इका साथ पालना गराउन, मतदानको दिन भन्दा 15 दिन अगाडीको प्रचार प्रसार अवधिमा मदिरा बिक्री बितरण र सेवन गर्न निषेध गरिएको बेहोरा गृह मन्त्रालय (शान्ति सुरक्षा अपराध नियन्त्रण शाखा) को च.नं. 332 मिति 2079।05।30 गतेको पत्र तथा जिल्ला सुरक्षा समितिको निर्णयानुसार अनुरोध छ।
उक्त अवधिमा निषेध गरिएका कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने बेहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।