Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रामेछाप

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रामेछाप

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जानकारी

2075-10-15

2075-10-15


मिति २०७५ साल माघ १४ गते सोमवारका दिन रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद शर्माज्यूको अध्यक्षतामा खाँडादेवी र सुनापति गाउँपालिकाको सीमाना सम्वन्धमा देहाय बमोजिम निर्णय भएको व्यहोरा जानकारी गराईन्छ ।

२०३२ सालमा अँधेरीखोलालाई साविक चोप्राङ गाउँपञ्चायत र दिमीपोखरी गाउँपञ्चायतको सिमाना कायम गरि नापनक्सा भएकोमा मिति 2038/08/26 को जिल्लाको गाउँ पञ्चायतको सिमाना हेरफेर तथा वडा विभाजन सम्बन्धि बैठकको निर्णयबाट साविक चोप्राङ्ग र दिमिपोखरीको सिमाना "पूर्वमा अग्लेश्वर महादेव डाँडा गाल्वा भञ्ज्याङ थुम्की डाँडा हुँदै डोग्मा गाउँपञ्चायतको सिमाना पश्चिममा खानीखोला उत्तरमा पूर्वी सिमाना अग्लेश्वर हुँदै घाटडाँडा खानीखोला दोरम्वा गा.पं.को साविक सिमाना दक्षिणमा प्रस्तावित डोग्मा गा.पं.को सिमाना"  कायम गरेको देखियो ।साविक चोप्राङ्ग हाल खाँडादेवी गाउँपालिका र  साविक दिमिपोखरी हाल सुनापती गाउँपालिकामा पर्ने हुँदा खाँडादेवी गाउँपालिका र सुनापाती गाउँपालिकाको सिमाना सम्बन्धमा सोही बमोजिम हुने गरी निर्णय गरिएको छ । साथै गाल्वाभञ्ज्याङ क्षेत्रमा पर्ने सरकारी तथा सार्वजनिक जग्गामा अतिक्रमण गरि कसैलाई पनि घरटहरा बनाउन नदिने, उक्त क्षेत्रको पर्यटकीय लगायतका विविध क्षेत्रको विकासका लागि सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकाले सम्बन्धित निकायको स्विकृति लिई संयुक्त पहल गर्ने समेत निर्णय भएको छ।

पछिल्लो अपडेट गरिएको : 2083-02-22 14:08:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रामेछाप .