Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रामेछाप

Visit Nepal 2020 - Ministry of Home Affairs

परिचय


रामेछाप  जिल्ला प्रदेश नं.  ३ मा  अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको प्रदेश राजधानी हेटौडा हो भने रामेछाप प्रदेश नं. ३ को १३ वटा जिल्ला मध्ये  एक हो। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ। मध्य महाभारत पर्वत श्रृङ्खलादेखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएकोछ। 

सिमाना-

पुर्व-                  ‌ओखलढुङ्रगा र साेलुखुम्बु

उत्तर-                दाेलखा

पश्चिम-            काभ्रेपलाञ्चाेक र सिन्धुपाल्चाेक

दक्षिण-             सिन्धुली

 

 
प्रदेश नं.
जिल्ला रामेछाप
सदरमुकाम: मन्थली
क्षेत्रफल: १,५४६ वर्ग कि.मि.
जनसंख्या: २०२६४६ (२०६८ को जनगना अनुसार)
गाउँपालिका संख्या:
नगरपालिका(हरू): २ (मन्थली र रामेछाप)
प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या:
प्रदेश सभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: नुम्बुर चुली (पथिभरा)- ६९५८ मि उचाई
सबै भन्दा होचो स्थान : लिखु र सुनकोशीको सँगम (कोलोन्जोर घाट) -३७९ मि उचाई
प्रमुख जातिहरू: तामाङ,नेवार,क्षेत्री,बाहुन आदि
प्रमुख भाषाहरू: तामाङ,नेवारी,नेपाली आदि
मानव विकास सूचाङ्क स्थिति: (७७ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०४८
प्रमुख जिल्ला अधिकारी:

रुद्रा देवी शर्मा